ओलीले भनेः प्रधानमन्त्रीज्यू ! मेरो खुट्टा तान्नेहरु तपाईंका खुट्टा तान्दैछन्-Sutra News

ओलीले भनेः प्रधानमन्त्रीज्यू ! मेरो खुट्टा तान्नेहरु तपाईंका खुट्टा तान्दैछन्

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु प्रधानमन्त्री हुँदा खुट्टा तान्ने दलहरु प्रधानमन्त्रीका सहयात्री बनेर खुट्टा तान्न थालेको भन्दै सर्तक हुन आह्वान गरेका छन् ।



१०औं महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै ओलीले उद्घाटनका वेला प्रधानमन्त्रीलाई विशेष अतिथिका रुपमा वोलाएर आलोचना नगर्ने बताउँदै खुट्टा तान्नेसँग सतर्क रहन आग्रह गरे ।

उनले प्रधानमन्त्रीले काम गर्न खोज्दा पनि सहयात्रीबाट साथ नपाइरहेको पनि बताए । ओलीले अब आफ्नो पार्टी प्रवेशको महाअभियान चलाउने बताए ।

प्रधानमन्त्री देउवाकै अघि आगामी चुनावबाट एमालेको सरकार बन्ने उद्घोगा गर्दै उनले भने, ‘प्रधानमन्त्रीजीकै सामु एउटा गोपनियता खुस्काउनुपर्ने भयो, त्यो के भने आउँदो चुनावपछि एमालेको सरकार बन्छ । स्थानीय तहमा ५० प्रतिशतभन्दा बढी सिट एमालेले हासिल गर्छ ।’

आजको कार्यक्रममै लाखौं मानिसहरु पार्टी प्रवेश गर्न चाहेको भन्दै उनले यस मन्च उपयुक्त नभएको बताए । अबबाट नियमित रुपमा हजारौं मानिसहरु एमालेमा प्रवेश गर्ने भन्दै उनले फागुन महिनासम्म पार्टी प्रवेश महाअभियान चल्ने बताए ।

उनले अबको स्थानीय तह निर्वाचनमा ५० प्रतिशत भन्दा धेरै ठाँउमा जित्ने भन्दै उनले अब एमाले चुनावको तयारीमा लाग्ने बताए ।

उनले अब माओवादीलाई समेत हसिया हथौडा चिन्ह छोड्न आग्रह गरे । वामपन्थी सरकार ढलाएर दक्षिणपन्थी सरकार बनाउनेले सो चुनाव चिन्ह लिन नहुने उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट