काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब अन्तरिक्ष र स्याटेलाइटबाट पनि काम गर्न सकिने दाबी गरेका छन् । चितवनमा पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
महाधिवेशनमा बोल्दै उनले आफू सरकारमा भएको बेला पहिलोपटक अन्तरिक्षमा नेपालले आफ्नो स्याटेलाइट पठाएको दावी गरे ।
‘समुन्द्र पनि हाम्रो हो । अन्तरिक्ष पनि हाम्रो हो । समुन्द्रमा हामी पुग्न सकेका छैनौं तर म साथीहरुलाई स्मरण गराउन चाहन्छु, हामीले धर्तीको अर्व छेडेर सानो भएपनि भूउपग्रह अन्तरिक्षमा पठाएका छौँ ।’ उनले भने ।
उनले अन्तरिक्षमा आफ्नो स्थान भएको भन्दै आगामी दिनहरुमा आफूहरुले त्यहाँबाट काम गर्न सक्ने बताए ।