google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0 google.com, pub-1724230173714267, RESELLER, f08c47fec0942fa0
प्रत्यक्ष बैदेशिक लगानीको सिमा घटाउने सरकारको तयारी-Sutra News

प्रत्यक्ष बैदेशिक लगानीको सिमा घटाउने सरकारको तयारी

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

सरकारले प्रत्यक्ष रुपमा नेपालमा विदेशी लगानी भित्र्याउन आह्वान गरेपनि उल्लेख्य प्रगति हुन सकेको छैन । कुनै विदेशीले नेपालमा उद्योग स्थापनाका लागि ५ लाख डलर अर्थात ५ करोड रुपैंयाँभन्दमाथि लागानी गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको कारण प्रत्यक्ष बैदेशिक लगानीमा सुधार हुन सकेको छैन ।



५ लाख डलरको सिमा राख्दा वैदेशिक लगानी अभिवृद्धि गर्ने उद्देश्यमा नै ब्रेक लाग्ने अवस्था आएका कारण सिमा घटाउने तयारी भइरहेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए । उनका अनुसार निर्णय भइनसकेपनि १ लाख डलरसम्मको न्युनतम लगानी सिमा तोक्ने तयारी भइरहेको छ ।

अहिले नेपालमा ५ लाख डलर भन्दा कम वैदेशिक लगानीका उद्योग दर्ता हुँनै सक्दैनन् । ५ लाख डलरको न्युनतम सिमा राखिएका कारण विशेष अर्थिक क्षेत्र (सेज) स्थापना भए पनि विदेशी लगानीकर्ताको आकर्षण नदेखिएको अर्थ मन्त्रालय नै स्विकार गरेको छ ।

पूँजी र प्रविधिको अवस्था हेरेर विदेशी लगानीको नयाँ सीमा निर्धारण गरिने अर्थसचिव मधुकुमार मरासिनी जानकारी दिए । उनले भने– ‘सरकारले सेज स्थापना गरेपनि उद्योगहरु स्थापना हुन सकेनन् । अब विदेशी लगानीकर्तालाई उद्योगहरु स्थापना गर्न आकर्षित गर्ने योजनाका साथ लगानी सिमा घटाउने तयारी भइरहेको छ ।’

राजधानीमा विहिबार भएको एक कार्यक्रममा पनि सचिव मरासिनीले बैदेशिक लगानीमा उद्योगहरु स्थापना गर्न लगानीको सिमा घटाउने तयारी भइरहेको बताएका थिए । उनले चीन र भारतको सफलताको उदाहरण दिंदै सिमा घटाएरै भएपनि विशेष अर्थिक क्षेत्रमा विदेशी लगानीको उद्योगहरु स्थापना गर्नुपर्नेमा जोड दिएका थिए ।

सरकारले ५० हजार डलरसम्मको बैदेशिक लगानीलाई स्विकृति दिंदै आएकोमा नीजि क्षेत्रका उद्योगी व्यवसायीले लगानीको सिमा बढाउन दवाव दिएपछि २०७६ साल जेठदेखि प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई)को न्यूनतम सीमा ५ लाख डलर निर्धारण गरेको थियो ।

सरकारले ५ लाख डलरको न्युनतम सिमा तोकेपछि नेपालमा लगानी गर्न चाहने तर पूँजीको व्यवस्थापन गर्न नसकेका साना विदेशी लगानीकर्ताको हितमा हुनेगरी सिमा घटाउन खोजेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट