रावलको दाबी- आगामी निर्वाचनमा एमालेले बहुमत होइन दुई तिहाइ पाउँछ-Sutra News

रावलको दाबी- आगामी निर्वाचनमा एमालेले बहुमत होइन दुई तिहाइ पाउँछ

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

नेकपा एमालेकी चितवन जिल्ला अध्यक्ष पार्वती रावलले चितवन सबै हिसाबले आत्मनिर्भर बन्दै गएको बताएकी छिन् । एमाले १०औँ महाधिवेशन उद्घाटनका क्रममा नेकपा एमालेले चितवनलाई महाधिवेशन स्थल बनाएकोमा खुसी व्यक्त गरिन ।



सो क्रममा उनले भनिन्, ‘चितवन विकास निर्माण, शिक्षा क्षेत्र, स्वास्थ्य उपचार केन्द्रहरू निर्माणका हिसाबले निकै अगाडि रहेको छ । यस्तै, पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली शर्मा नेतृत्वको सरकारले चितवनलाई रामग्राम क्षेत्रका रूपमा पनि विकास गरेको बताइन । उनले आगामी निर्वाचनबाट नेकपा एमाले बहुमत होइन दुईतिहाई मत पाउने दाबी पनि गरिन छ । उनले भनिन्, ‘आगामी निर्वाचनमा नेकपा एमालेले बहुमत होइन । दुई तिहाइ पाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट