२०० मेगापिक्सेल क्यामेरा भएको विश्वकै पहिलो स्मार्टफोन ल्याउँदै लेनोभो-Sutra News

२०० मेगापिक्सेल क्यामेरा भएको विश्वकै पहिलो स्मार्टफोन ल्याउँदै लेनोभो

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

२०० मेगापिक्सेलको क्यामेरा सहितको स्मार्टफोन ल्याउँदै मोटोरोला काठमाडौं । मोटोरोलाले क्यामेरामा केन्द्रित हुँदै आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी थालेको छ ।



यससँगै मोटोरोला आफ्नो स्मार्टफोनमा सामसङको २०० मेगापिक्सेल क्यामेरा सेन्सर राख्ने पहिलो कम्पनी बनेको छ । यो क्यामेरा सेन्सर भएको मोडेल सन् २०२२ को पहिलो अर्धवार्षिक अवधिमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

सामसङले गत सेप्टेम्बरमा आफ्नो २०० मेगापिक्सेल आईएसओसेल एचपी वान सेन्सर सार्वजनिक गरेको थियो । यसले एउटा नयाँ प्रकारको पिक्सेल विनिङ प्रविधि प्रयोग गर्दछ ।

जसले २०० मेगापिक्सेलको अधिकतम इमेज रेजोलुसन दिन सहयोग गर्दछ । मोटोरोलाका साथै सामओमी समेत आगामी वर्ष आफ्नो २०० मेगापिक्सेलको फोन ल्याउने दौडमा छ ।

अर्कोतर्फ सामसङ आफ्नो इनहाउस मोडेलका साथ सन् २०२३ मा २०० मेगापिक्सेलको क्यामेरा ल्याएर आउन सक्ने अनुमान छ । ट्वीटरमा आइस युनिभर्स नामक एक टिप्सटरले दाबी गरेअनुसार मोटोरोला सबैभन्दा पहिला आफ्नो २०० मेगापिक्सेलको क्यामेरा ल्याउनेछ । टेकपाना

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट