एमालेका ‘निरिह’ भुसाल, पाँचमध्येको एक उपाध्यक्ष दाबी गर्दै-Sutra News

एमालेका ‘निरिह’ भुसाल, पाँचमध्येको एक उपाध्यक्ष दाबी गर्दै

शुक्रबार, १० मंसिर २०७८

शुक्रबार, १० मंसिर २०७८

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले चितवनमा आजबाट शुरू भएको दशौँ महाधिवेशनमा उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका छन् ।



नवौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भुसाल उपाध्यक्षमा उम्मेदवारी दिने भएका हुन् ।

अध्यक्ष केपी शर्मा ओली लगायत एमालेका अन्य नेताहरूले सर्वसम्मत ढंगबाट पदाधिकारी चयन गर्ने बताइरहँदा भुसालले भने उपाध्यक्षमा लड्ने तयारी गरेका छन् ।

पार्टी विभाजनताका माधवकुमार नेपालको साथ छोडेका भुसालले ओलीलाई अध्यक्षमै टक्कर दिने ठानिएको थियो । भुसालका अर्का सहकर्मी नेता भीम रावलले भने अध्यक्षमै उम्मेद्वारी दिएका छन् ।

भुसालले यसअघि असोजमा भएको विधान महाधिवेशनमा दर्ता गर्न खोजेको फरकमत ओलीले दर्ता गर्न दिएका थिएनन् ।

त्यसयता भुसाल र ओलीबीच कटु सम्बन्ध रहँदै आएको छ ।

ओलीले चाहेकै नेतृत्व छानिने अवस्था देख्दा देख्दै ‘निरिह’ बनेका भुसाल ५ मध्येको एक उपाध्यक्ष बन्ने तयारी गरेका हुन् ।

महाधिवेशन आयोजक समितिका अनुसार भोलि बन्द सत्र हुनेछ भने निर्वाचन १२ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट