सर्वसम्मत नेतृत्व चयन गर्न माग गर्दै चितवनमा एमालेकै प्रदर्शन-Sutra News

सर्वसम्मत नेतृत्व चयन गर्न माग गर्दै चितवनमा एमालेकै प्रदर्शन

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८
एमाले महाधिवेशनमा सहभागी कार्यकर्ता

नेकपा एमालेका युवा विद्यार्थी नेताहरूले सर्वसम्मत नेतृत्व चयन गर्न माग गर्दै चितवनमा प्रदर्शन गरेका छन् ।



जारी दशौँ महाधिवेशनको सौराहास्थित बन्द सत्रको हल अगाडि युवा विद्यार्थी र नेताहरूले प्रदर्शन गरेका हुन् ।

हिजोदेखि शुरू भएको महाधिवेशन भोलि निर्वाचनसँगै टुंगिनेछ । आज अब केहीबेरमा बन्दसत्र शुरू हुँदैछ ।

पदाधिकारी र केन्द्रीय कमिटीका आकांक्षी धेरै भएपछि एमालेले हिजो मध्यरातमा बैठक बसेर ७ उपाध्यक्ष र तीन महासचिव हुने व्यवस्था गरेको थियो ।

त्यस्तै केन्द्रीय कमिटी ३०१ र ९९ सदस्यीय पोलिटब्यूरो बनाउने निर्णय हिजै मध्यरातमा भएको थियो ।

नेता व्यवस्थापनका लागि केन्द्रीय कमिटी बैठक बसेर कमिटीहरूको आकार बढाउने निर्णय भएको हो ।

पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाएपनि आकांक्षी धेरै भएकाले सर्वसम्मत हुन कठीन बन्दै गइरहेको छ ।

तर अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत ढंगबाट पदाधिकारी चयन गर्ने प्रयास भने जारी राखेका छन् ।

सर्वसम्मत हुन नसके भोलि निर्वाचन गरिने कार्यतालिका रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट