एमाले महाधिवेशन : भोजभतेर र जाँड रक्सी खुवाएर मत मागे उम्मेद्वारी रद्द [आचारसंहिताको पूर्णपाठ]-Sutra News

एमाले महाधिवेशन : भोजभतेर र जाँड रक्सी खुवाएर मत मागे उम्मेद्वारी रद्द [आचारसंहिताको पूर्णपाठ]

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८

चितवनमा जारी नेकपा एमालेको दशौं महाधिवेशनमा उम्मेदवारहरूले भोजभतेर र जाँडरक्सी खुवाएर मत माग्न नपाइने आचारसंहिता लागू गरिएको छ ।



केन्द्रीय निर्वाचन आयोगले जारी गरेको आठ बुँदे आचारसंहितामा यस्तो व्यवस्था गरिएको हो ।

आचारसंहितामा भनिएको छ, ‘मतदानलाई प्रभावित गर्ने उद्देश्यले भोजभतेरको आयोजना गर्न गराउन र मादकपदार्थको सेवन गरी प्रचार-प्रसार गर्न गराउन पाइने छैन ।’

त्यस्तै मतदातालाई भ्रममा पर्ने गरी निर्वाचनसम्बन्धी वा उम्मेदवारसम्बन्धी कुनै पनि सूचना प्रकाशन र प्रचार-प्रसार गर्न नपाइनेसमेत आचारसंहितामा उल्लेख गरिएको छ ।

निर्वाचन क्षेत्रभित्र उम्मेदवारको आफ्नो परिचय खुल्ने बाहेकका अन्य प्रचार सामग्री ल्याउनसमेत केन्द्रीय निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् आचारसंहिताको पूर्णपाठ –

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट