एमाले महाधिवेशन- रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन ओली तयार-Sutra News

एमाले महाधिवेशन- रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन ओली तयार

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका  भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव अगाडी सारेका  छन् ।



ओलीले रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन तयार भएको एक नेताले जानकारी दिए । हिजो महाधिवेशनको उद्दाटन सुरु हुनुपूर्व ओलीले रावलसंग छलफल गरेका थिए ।

यता ओलीलाई सर्वसम्मत रुपमा एमालेको अध्यक्ष बनाउने चर्चा चलिरहेका बेलामा रावलले उम्मेदवारी दिने घोषणा गरेका थिए ।

चितवनमा हिजोदेखि सुरु भएको एमालेको महाधिवेशनमा आज बन्द सत्र चल्दैछ । महाधिवेशन भोलि सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट