नेम्वाङ वरिष्ठ उपाध्यक्षबाट पछि नहट्ने, राष्ट्रपति बन्ने प्रस्ताव अस्वीकार-Sutra News

नेम्वाङ वरिष्ठ उपाध्यक्षबाट पछि नहट्ने, राष्ट्रपति बन्ने प्रस्ताव अस्वीकार

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ वरिष्ठ उपाध्यक्षको उम्मेद्वारीको अडानबाट पछि हट्न मानेका छैनन् । चितवनमा जारी महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेका नेम्वाङलाई सर्वसम्मत गर्ने प्रयास स्वरूप राष्ट्रपति बन्न अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका थिए ।



नेम्वाङलाई राष्ट्रपति बनाउने र वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई ल्याउने ओलीको योजनामा नेम्वाङ बाधक बनेका छन् ।

स्रोतका अनुसार ओलीले नेम्वाङलाई वरिष्ठ उपाध्यक्षको दाबी छाडे राष्ट्रपति बनाउने प्रस्ताव गरेका थिए ।

नेम्वाङनिकट स्रोतले भन्यो, ‘अध्यक्ष ओलीले राष्ट्रपतिको उम्मेदवार बनाउने शर्तमा वरिष्ठ उपाध्यक्षको दाबी छोड्न आग्रह गर्नुभएको थियो, तर नेम्वाङले मान्नुभएको छैन ।’

एमालेको विधानअनुसार एकजना वरिष्ठ उपाध्यक्ष बन्ने व्यवस्था रहेको छ । वरिष्ठ उपाध्यक्षका अर्का दाबेदार ईश्वर पोखरेल छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट