आफ्नै समूहका आकांक्षीले अडान नछाड्दा ओलीलाई सकस, अझै सुरु भएन बन्दसत्र-Sutra News

आफ्नै समूहका आकांक्षीले अडान नछाड्दा ओलीलाई सकस, अझै सुरु भएन बन्दसत्र

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८

एमालेको जारी महाधिवेशनअन्तर्गत बन्दसत्र शनिबार बिहान १० बजे सुरु हुने कार्यतालिका थियो । तर, दिउँसो १ बज्न लाग्दासमेत बन्दसत्र सुरु हुन सकेको छैन ।



केन्द्रीय कमिटी बैठकले पदाधिकारी थप गरे पनि आकांक्षीहरूबीच सहमति नजुट्दा बन्दसत्रमा ढिलाइ भएको हो ।

एमाले अध्यक्ष केपी ओली केहीबेर अगाडि मात्र बन्दसत्र स्थलमा प्रवेश गरेका छन् । उनी बिहानदेखि आफू बसेको रिसोर्टमा निकट नेताहरूसँग छलफलमा जुटेका थिए ।

एमालेमा वरिष्ठ उपाध्यक्ष र महासचिवमा बढी सकस देखिएको छ । वरिष्ठ उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले दाबी छाडेका छैनन् । महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलको दाबी छ । आफ्नै समूहका आकांक्षीले अडान नछाड्दा ओलीलाई सकस भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट