सहमति नजुट्दा एमाले महाधिवेशन २ दिन लम्बिन सक्ने सम्भावना बढ्दै-Sutra News

सहमति नजुट्दा एमाले महाधिवेशन २ दिन लम्बिन सक्ने सम्भावना बढ्दै

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८

काठमाडौँ । हिजोदेखि सुरु भएको नेकपा एमालेको महाधिवेशन निर्धारित समयमा सम्पन्न हुने सम्भावना कम देखिएको छ । महाधिवेशन यसअघि १२ गते सक्ने भनिए पनि दुई दिन थप हुनसक्ने सम्भावना बढेको हो ।



महाधिवेशनमा छनोट हुने नेताहरुबीच छलफल हुन नसक्दा समय लम्बिने सम्भावना बढेको हो ।

ओलीनिकट नेताहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्ने भन्दै आइरहेको भए पनि नेता सुरेन्द्र पाण्डेले भने समय नथपिने जानकारी दिए ।

शुक्रबार नारायणी नदी किनरामा सुरु भएको एमाले महाधिवेशन आजबाट सौराहामा बन्दसत्र हुँदैछ ।

उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि अध्यक्षमा केपी ओलीलाई सर्वसम्मत चयन गर्न परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट