काठमाडौँबाट दुई लाख अमेरिकी डलर बोकेर हिँडेका युवक पोखरामा पक्राउ-Sutra News

काठमाडौँबाट दुई लाख अमेरिकी डलर बोकेर हिँडेका युवक पोखरामा पक्राउ

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८

प्रहरीले १ लाख ९४ हजार अमेरिकी डलर ( अनुमानित २ करोड रुपैयाँ) सहित मुस्ताङ लो घेकर दामोदर कुण्डका  छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको छ ।



जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा तनहुँ र कास्कीको सीमाना मजुवाबाट उनलाई  पक्राउ गरिएको प्रहरीले बताएको छ ।

गुरुङले बोकेको त्यतिका परिमाण अमेरिकी डलर आजको मूल्यमा नेपालीमा साट्दा २ करोड ३२ लाख ६ हजार ९ सय रुपैयाँ हुन्छ। नेपालमा एक हजार डलरभन्दा धेरै रकम बोक्न राष्ट्र बैंकको अनुमति चाहिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट