पाँच घण्टा ढिला गरी सुरु भयाे एमालेको बन्दसत्र-Sutra News

पाँच घण्टा ढिला गरी सुरु भयाे एमालेको बन्दसत्र

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । चितवनको होटल सेभेन स्टारमा बन्दसत्र शनिबार बिहान १० बजे सुरु हुने कार्यतालिका थियो । तर निर्धारित समयभन्दा पाँच घण्टा ढिलो गरी बन्द सत्र सुरु भएको हो । बन्द सत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छन् ।



केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्द सत्र लम्बिएको एमाले नेताहरूले बताएका छन् । बन्द सत्रलाई विदेशबाट बोलाइएका अथितिहरुले सम्बोधन गर्ने छन् भने विभिन्न देशका नेताहरूबाट आएका शुभकामना सन्देश पढेर सुनाइने कार्यक्रम छ ।

बन्द सत्रलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधान गरेपछि बन्द सत्रको हल अध्यक्ष मण्डललाई हस्तान्तरण गरिने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट