भारतीय नेता भन्छन्- एमालेको कम्युनिष्ट आन्दोलनबाट हामी प्रेरित छौं-Sutra News

भारतीय नेता भन्छन्- एमालेको कम्युनिष्ट आन्दोलनबाट हामी प्रेरित छौं

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८

सीपीआई लिबरेसन पार्टी भारत विहारका प्रतिनिधि वीरेन्द्रप्रसाद गुप्ताले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरित भएको बताएका छन् । उनले नेपाल र भारतबीच रोटीबेटी सम्बन्ध रहेको र हाम्रा समस्या धेरै मेल खाने पनि बताएका छन् ।



नेकपा एमालेको १०औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रमा उनले भने, ‘तपाईंहरू पनि लोकतन्त्रका लागि लडिरहनु भएको छ । हामी पनि लोकतन्त्रका लागि लडिरहेका छौं । आजादिपछि मिलेको अधिकार नरेन्द्र मोदीको फासिस्ट सरकारले कटौति गर्दै गइरहेको छ । किसान आन्दोलनमा मोदीलाई परास्त गरेका छौं । मोदी सरकारविरूद्व हरेक मोर्चामा लडाइए छ ।’

उनले मोदी आन्दोलन कै कारण लगातार पछाडि हटिरहेको पनि बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट