ओलीले भने- देउवा र प्रचण्डको षड्यन्त्रका कारण एमाले प्रतिपक्ष बन्यो-Sutra News

ओलीले भने- देउवा र प्रचण्डको षड्यन्त्रका कारण एमाले प्रतिपक्ष बन्यो

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्य दलको षड्यन्त्रका कारण आफूहरु प्रतिपक्षमा जानुपरेको बताएका छन् ।



एमाले महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामी अरु दलको षड्यन्त्रका कारण प्रतिपक्षमा गयौं’, उनले भने ‘म भन्न चाहन्छु हाम्रो अगाडी अझै धेरै गम्भीर चुनौतीहरु खडा भएका छन् । यो लोकतन्त्रका लागि ठुलो खतराको कुरा हो । तानाशाहको दमनका कारण लोकतन्त्र धरापमा पर्छ ।’

त्यस्तै उनले न्यायालयको दुरुपयोग हुँदै जान थालेको बताए । उनले भने, ‘न्यायालय यो हिसाबमा चल्ने हो भने नेपालको लोकतान्त्रिक प्रणाली असफल हुन्छ ।’

सरकार संचालनमा आफूहरुको भूमिका परिवर्तन भएपछि आफूहरुले विधान महाधिवेशन गरेर देशका समस्याहरुलाई सम्बोधन गर्नसक्ने गरी काम गरिरहेको उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट