चितवनमा हामीले जति मान्छे जम्मा गर्न अरु कुनै पार्टीले सक्दैन- ओली-Sutra News

चितवनमा हामीले जति मान्छे जम्मा गर्न अरु कुनै पार्टीले सक्दैन- ओली

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु बहुमतमा हुँदा पनि षड्यन्त्र भएको आरोप लगाएका छन् ।



एमाले महाधिवेशनको बन्दसत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘तालमेल गर्यौं, बहुमत ल्यायौं, नीती निर्माण मात्र होइन, तिनको सही ढंगले कार्यान्वयन गर्ने नीति हामीले लियौं । हामीले असाधारण सफलता प्राप्त गर्यौं । बहुमतमा हुँदा पनि षड्यन्त्र भइरहे । हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न नदिन गठबन्धन भित्र र बाहिरबाट खेल्ने प्रयास भए ।’

उनले एमालेले बाहेक अरु कुनै पार्टीले चितवनमा धेरै मानिसहरु जम्मा पार्न नसक्ने बताए  ।

उनले भने, अरु पार्टीले पनि हामीले गरेको ठाउँमा कार्यक्रम गर्न सक्छन् । तर हामीले जति जनलहर ल्याउन अरु पार्टीले सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट