कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु-Sutra News

कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८

कोसी ब्यारेजमा हाम फालेर एक जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका-६ घर भई स्वास्थ्य कार्यालय मोरंगमा कार्यरत अहेव अग्निप्रसाद नेपालका ४५ वर्षीय छोरा सुभाष नेपाल रहेका छन् ।



उनले शनिबार दिउँसो १२ बजे हनुमाननगर कंकालनी नगरपालिका- १ कोसी ब्यारेजको ५२ नम्बर ढोकाबाट हाम फालेका थिए ।

हाम फालेको विषयमा स्थानीयले प्रहरीलाई जानकारी गराएपछि खोज तलास गर्ने क्रममा दिउँसो करिब २:३० बजे सुभाषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। उनले किन हाम फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट