आगामी निर्वाचनमा ओलीलाई जसरी पनि धुलो चटाउँछु-Sutra News

आगामी निर्वाचनमा ओलीलाई जसरी पनि धुलो चटाउँछु

शनिबार, ११ मंसिर २०७८

शनिबार, ११ मंसिर २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनहरूमा धुलो चटाउने चेतावनी दिएका छन्। अध्यक्ष नेपालले ओली दक्षिणपन्थी गठबन्धनको आडमा प्रगतिशील राजनीतिक परिवर्तनहरूलाई ध्वस्त पार्दै कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा उद्यत भएको बताए।



नेकपा एकीकृत समाजवादीको गोदावरी नगरकमिटी घोषणा तथा शपथ ग्रहण समारोहमा बोल्दै नेता नेपालले उक्त कुरा बताएका हुन्। अध्यक्ष नेपालले विद्रोहको जगमा निर्माण भएको एकीकृत समाजवादी पार्टीले सबै परिवर्तनकारी प्रगतिशील र कम्युनिस्ट पार्टीहरूलाई गोलबद्ध गर्दै बृहत् कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने बताए। परिवर्तन पक्षधर शक्तिहरूको गठबन्धनले दक्षिणपन्थी गठबन्धनलाई आगामी राष्ट्रिय सभा निर्वाचनबाटै परास्त गर्न सुरु गरेर तिनै तहका निर्वाचनमार्फत पराजित गर्ने ठोकुवा गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट