काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीसहित केन्द्रीय सदस्य प्रस्ताव गर्न दिएको जिम्मेवारीमा आपत्ति जनाएका छन् ।
सौराहामा जारी १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र हलले अध्यक्ष ओलीलाई १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा दिएको थियो । ओलीले सो जिम्मेवारी पाएपछि रावलले आपत्ति जनाएका हुन् ।
शनिबार सौराहामा भएको बन्द सत्रमा नेता विष्णु पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवारको नामावली प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिने प्रस्ताव गरेका थिए । अन्यले ताली बजाएर समर्थन गरेका थिए ।