बन्दसत्र सुरु नहुँदै ओलीसँग ‘१० भाइ’को छुट्टै बार्गेनिङ-Sutra News

बन्दसत्र सुरु नहुँदै ओलीसँग ‘१० भाइ’को छुट्टै बार्गेनिङ

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

नेकपा एमालेको तेस्रो धार अर्थात् १० बुँदे सहमति पक्षका ‘१० भाइ’ समूहले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको छ । आइतबार बिहान ओली बसेको सफारी रिसोर्टमा उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यसहितका नेताहरू छलफलपछि बाहिरिएका हुन् ।



ओलीसँग भेट गरेर बाहिरिएका ज्ञवाली र शाक्यले के विषयमा छलफल भएको भन्ने केही खुलाउन चाहेनन् । स्रोतका अनुसार उनीहरूले आफ्नो समूहबाट पदाधिकारीमा रहनुपर्ने नेताको नाम ओलीलाई बुझाएका हुन् । आफू बसेको रिसोर्टमा ओलीले पदाधिकारीका आकांक्षी र आफू निकट नेताहरूसँग छलफल गरिरहेका छन् । जसकारण महाधिवेशनको बन्दसत्र अहिलेसम्म सुरु भएको छैन ।

‘१० भाइ’ समूहमध्ये भीम रावलले अध्यक्षमा र घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । रावल निकट कार्यकर्ताले त बन्दसत्र हल बाहिर पर्चासमेत बाँड्न थालेका छन् । प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जनताको बहुदलीय जनवादको सिद्धान्तको पालना गर्दै आफू अध्यक्षमा उम्मेदवारीबाट पछि नहट्ने उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट