फेरी कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास, निकै संक्रामक रहेको बैज्ञानिकहरुको दावी-Sutra News

फेरी कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास, निकै संक्रामक रहेको बैज्ञानिकहरुको दावी

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

विस्तारै मथ्थर हुँदै गएको कोरोना भाइरसको त्रास फेरी बढेको छ । अहिले दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले त्रास बढाएको हो ।



विश्व स्वस्थ्य संगठनले यसअघि निकै संक्रामक मानिएको डेल्टा भेरियन्टको संक्रमण कम हुँदै गएको बताइरहँदा नयाँ भेरियन्ट ओमिक्रोनले पुनः त्रास सिर्जना गरेको छ ।

नयाँ भेरियन्ट गत साता दक्षिण अफ्रिकामा फेला परेको हो । दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा कोरोना संक्रमितहरू धेरै भेटिएपछि अधिकारीहरूले नयाँ भेरियन्टका बारेमा थाहा पाएका हुन् । अहिले युरोपका विभिन्न मुलुकमा नयाँ भेरियन्टका संक्रमित भेटिएका छन् ।

स्वस्थ्य बैज्ञानिहरुले यो नयाँ भेरियन्ट डेल्टाभन्दा पनि निकै संक्रामक हुन सक्ने औ‌‌ल्याएका छन् । यसको संक्रमणको गतिको विस्तृत अध्ययन हुन बाँकी रहेपनि यो निकै संक्रामक रहेको वैज्ञानिकहरूको निष्कर्ष छ ।

यसअघि सुरूमा भारतमा देखिएको डेल्टा भेरियन्ट त्यसअघिका अरू भेरियन्टभन्दा निकै संक्रामक थियो । देखिएको केही दिनमै यो संसारभरि फैलिएको थियो ।

डेल्टाभन्दा ओमिक्रोन झन् संक्रामक हुनसक्ने भएकाले विश्वभरि एकैसाथ संक्रमण बढाउन सक्ने खतरा देखिएकोले उच्च सर्तकता अपनाउन स्वास्थ्य अधिकारीहरुले आग्रह गरेका छन् ।

नयाँ भेरियन्टले त्रास उत्पन्न गरेपछि अहिले विभिन्न मुलुकले दक्षिण अफ्रिका र आसपासका मुलुकबाट हुने उडान बन्द गरेका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया र युरोपेली युनियनअन्तर्गतका मुलुकले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्स्वाना, अंगोला, मालावी, जाम्बिया, लेसेथोबाट हुने उडान बन्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट