भीम रावल बसेको होटलको सुरक्षा व्यवस्था कडा-Sutra News

भीम रावल बसेको होटलको सुरक्षा व्यवस्था कडा

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

चितवन । एमाले अध्यक्षका उम्मेदवार भीम रावल बसेको होटेलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सुरक्षा थ्रेट रहेको भन्दै उनी बसेको होटलमा प्रशस्त सुरक्षाकर्मीहरु खटाइएको थियो ।



हिजो शनिबार उनी बसेको होटलमा सशत्र प्रहरी सहितको टोली खटाइएको थियो ।  उनीमाथि एमालेकै कार्यकर्ताहरुबाट असुरक्षा हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद व्यवस्थापन गर्न नसक्दा महाधिवेशन कतिबेला सकिन्छ भन्ने कुरा नै अन्यौलमा परेको छ ।  पदमा कुरा नमिल्दा १० बजे सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट