नेकपा एमालेका उपमहासचिव घनश्याम भूसालले कम्युनिष्ट आन्दोलनलाई जसरी पनि एकीकृत गर्नुपर्ने बताएका छन् । एक अपील जारी गर्दै उनले यस्तो बताएका हुन् ।
त्यस्तै उनले महाधिवेशन प्रतिनिधिहरुलाई राम्रो नेतालाई भोट हाल्न आग्रहसमेत गरेका छन् ।
उनले आफूहरुले समाजवादको झण्डा बोकेर हिँडेको तर त्यसको गन्तव्य कसैलाई थाहा नभएको बताए । आफूहरुले कार्यदिशा बनाएको तर त्यसको कार्यान्वयन नगरेको उल्लेख गरेका छन् ।
उनले काँग्रेस नेतृत्वको सरकारले जनताहरुलाई केही पनि दिन नसकेको तर माओवादीले जितेको असाधारण जितले पनि केही उपलब्धि दिन नसकेको तर्क प्रस्तुत गरेका छन् ।