नेपाल पेमेन्ट सोलुसन्स र प्राईम बैंकबीच सहकार्य सम्झौता-Sutra News

नेपाल पेमेन्ट सोलुसन्स र प्राईम बैंकबीच सहकार्य सम्झौता

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै प्राईम बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ र अभय रिजाल र प्राईम बैंकको तर्फबाट नकुल पौडेल, शिव प्रकाश ढकालले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।



सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै बैंकका ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।

नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ ।

नेपाल पेमेन्ट सोलुसन प्रालि एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएसपीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ ।

नेपाल पेमेन्ट सोलुसनले अधिकांश “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरीरहेको छ ।

समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो जसले ५० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १५ भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट