ओलीले एकलौटी गरे अदालत जाने तयारीमा भीम रावल-Sutra News

ओलीले एकलौटी गरे अदालत जाने तयारीमा भीम रावल

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

काठमाडौँ । पार्टीभित्र पद व्यवस्थापन गर्न नसक्दा एमालेको दश औं महाधिवेशन थप जटिल बन्दै गएको छ ।  आज १० बजे सुरु हुनुपर्ने बन्दसत्र सहमति नजुटेका कारण अझै सुरु हुन सकेको छैन ।



बन्दसत्रले सबै पदमा सहमतिका लागि उम्मेदवाहरुको नामावली प्रस्तुत गर्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । पार्टीका उपाध्यक्ष डा भीम रावलले प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने जनताको बहुदलीय जनवादको सिद्धान्तको पालना गर्दै आफू अध्यक्षमा उम्मेदवारीबाट पछि नहट्ने बताएका छन् ।

सोही निर्णयपछि शनिबार साँझ बन्द सत्रको हलमा रावल र घनश्याम भुसालले कडा प्रतिवादसमेत  गरेका छन् ।

ओलीले आफूखुशी प्रतिनिधि छनोट गरे रावल कानुनी रुपमा प्रतिवाद गर्ने तयारीमा रहेको बताइएको छ ।

एमालेका केन्द्रीय सदस्य सूर्य थापाले सबै पदमा सहमतिका लागि विभिन्न रुपमा कोसिस भइरहेको जानकारी दिए । शनिबार बन्दसत्र सुरु नहुँदै प्रतिनिधि र कार्यकर्ताले सो स्थलमा सहमतिमा नेतृत्व चयन हुनुपर्ने माग गर्दै नाराबाजी समेत गरेका थिए ।

केन्द्रीय कमिटी सदस्यका लागि निर्वाचन नभएमा पनि खुला र समावेशी क्षेत्रबाट प्रतिनिधित्व गराइने भएको छ । यसरी क्षेत्र निर्धारण गर्दा संवैधानिक र पार्टी विधानको व्यवस्थाबमोजिम ३३ प्रतिशत महिला र अन्य क्षेत्रको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको छ । सहमति वा निर्वाचन जे भए पनि बन्दसत्र आज सकाउने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट