ओलीलाई मध्यमार्गी नेताको अनुरोध- रावललाई फकाउनुहोस, ओलीले भने- प्रयास गर्छु-Sutra News

ओलीलाई मध्यमार्गी नेताको अनुरोध- रावललाई फकाउनुहोस, ओलीले भने- प्रयास गर्छु

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

काठमाडौँ ।  नेकपा एमालेका मध्यमार्गी नेता मानिने अष्टलक्ष्मी शाक्य र अर्का नेता ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।  उनीहरुले ओली नै बसेको होटलमा गएर भेटेका हुन् ।



भेटमा उनीहरुले अध्यक्ष पदका नेता भीम रावलसंग छिट्टै सहमति गरेर बन्दसत्र सुरु गर्नुपर्ने माग गरेका थिए ।  अध्यक्ष ओलीले आफूले छिट्टै नै भीम रावलसंग मिलेर सहमतिको प्रयास गर्ने बताए ।

यता पदाधिकारी छनोट गर्ने जिम्मा ओलीलाई दिएको भन्दै नेता रावलले असन्तुष्टि जनाएका छन् । हिजो बेलुका शाक्य र ज्ञवालीसँगै सुरेन्द्र पाण्डे र  गोकर्ण विष्टले पनि ओलीलाई भेटेर सहमतिका लागि दबाब दिएका थिए ।

पद व्यवस्थापनमा कुरा नमिलेपछि एमालेको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट