भाटभटेनीमा आइएमई पे बाट कारोबार गरे २० प्रतिशत क्यास ब्याक-Sutra News

भाटभटेनीमा आइएमई पे बाट कारोबार गरे २० प्रतिशत क्यास ब्याक

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वधित ‘ आइएमई पे ’ को सेवाग्राही केन्द्रीत योजना सार्वजनिक गरिएको छ ।



आजबाट सार्वजनिक गरिएको योजना अन्तर्गत आइएमई पे सेवाग्राहीहरूको लागि नेपाल भरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत (रु. ३ सयसम्मको) क्यासब्याकको अफर रहेको छ ।

नयाँ योजना सार्वजनिक गरिएको अवसरमा आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सम्पुर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र क्यासव्याक मार्फत भरपुर फाइदा उठाउन सक्ने भन्दै खुसी व्यक्त गरेका छन् ।

उक्त अफरमा आइएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरुले भाग लिन पाउँनेछन् । यो एक पटकको वैध योजना हो, जसको अर्थ प्रति प्रयोग १ क्यासव्याक हुनेछ । प्रयोगकर्ताले ३ सय रुपैयाँसम्म मात्र २० प्रतिशत छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट