एमाले महाधिवेशन- पूर्वमाओवादीको यस्तो मागले ओली झन तनावमा-Sutra News

एमाले महाधिवेशन- पूर्वमाओवादीको यस्तो मागले ओली झन तनावमा

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

काठमाडौँ । माओवादीबाट एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरुले ३ पदाधिकारीसहित ३५ केन्द्रीय सदस्यको माग गरेको छ ।



चितवनमा जारी एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा नेताहरुले उक्त संख्यामा सदस्यहरु माग गरेका हुन् ।

जसमा रामबहादुर थापा ‘बादल’लाई वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, टोपबहादुर रायमाझीलाई उपमहासचिव र लेखराज भट्टलाई सचिव बनाउनुपर्ने उनीहरुको माग छ ।

त्यस्तैगरी प्रभु साह र मणी थापालाई पनि पदाधिकारीमा अटाउनु पर्ने माग गरेका छन् ।

उनीहरुले सो संख्यामा माग गरेपछि अध्यक्ष केपी शर्मा ओली झन तनावमा परेका छन् । पार्टीभित्रै पदाधिकारीहरु मिलाउन नसकेपछि आज पनि अहिलेसम्म बन्दसत्र सुरु हुन सकेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट