ओलीले भेटौं भन्दा भूसालले भने ‘पर्दैन’-Sutra News

ओलीले भेटौं भन्दा भूसालले भने ‘पर्दैन’

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

काठमाडौँ । एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले छलफलका लागि गरेको अनुरोध अस्वीकार गरेका छन् ।



सर्वसम्मत नेतृत्व चयनका लागि ओलीले गरेको तयारीप्रति असन्तुष्ट भुसालले अनुरोध अस्वीकार गरेका हुन् ।

उनले विधि र विधानअनुसार अगाडि बढ्न आवश्यक रहेको भन्दै भेट्न नपर्ने जवाफ ओलीलाई पठाएका थिए ।

अहिले ओली पार्क सफारी रिसोर्टमा आफुँ निकटस्थसँग छलफलमा व्यस्त छन् । ओलीले पदाधिकारी र केन्द्रीय समितिको नामवाली तयार गरिरहेका छन् ।

यता पदाधिकारी व्यवस्थापन नहुँदा एमाले महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।

त्यस्तै अध्यक्षका अर्का उम्मेदवार भीम रावलले पनि ओलीसंग चर्को असन्तुष्टि जनाएका छन् । पदाधिकारी चयन गर्ने अधिकार ओलीले पाएको भन्दै आफूले त्यसको डटेर प्रतिवाद गर्ने तयारीमा रावल छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट