सिभिल बैंकले विविध सेवा आरम्भ गर्दै ११औं बार्षिकोत्सव मनायो-Sutra News

सिभिल बैंकले विविध सेवा आरम्भ गर्दै ११औं बार्षिकोत्सव मनायो

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

सिभिल बैंकले एघारौं वार्षिकोत्सव विभिन्न सेवाहरुको सुरुवात गरेको घोषणा गरेर मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सेवाहरुको थालनी गरेको जानकारी दिएको छ ।



बैंकको प्रधान कार्यालयमा मनाइएको वार्षिकोत्सवको बैंक संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डे प्रमुख आतिथि, र प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले अध्यक्षता गरेका थिए ।

बैंकले प्रधान कार्यालय लगायत देशै भरिका शाखाहरुमा समेत विभिन्न कार्यक्रमहरु आयोजना गरेको जनाएको छ । बैंकको प्रधान कार्यालयमा प्रायोरीटि बैंकिक सेवाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष पाण्डेले गरे भने कल सेन्टर सेवा र मिस्ड कल बैंकिंग ‘एक घण्टी झ्याप्प पेमेन्ट’ सेवाको शुभारम्भ बैंकका संचालक समितिका सदस्य प्रकाश तायलले गरे । साथै सिभिल बैंक ईन्टरनेशनल भर्चुयल डलर कार्ड सेवा र सिभिल भर्चुयल एसिस्टेन्ट ‘सिभा’को पनि शुभारम्भ गरिएको छ ।

त्यसैगरी बैंकले बार्षिकोत्सवको अवसरमा ३८ ठाउँमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै बैंकमा १० वर्षदेखि अटुट सेवा प्रदान गरेका कर्मचारीहरुलाई अभिनन्दन गरेको थियो ।

सोहि अवसरमा देशभर छरिएका बैंकका ५६ स्थानका ५६ वटै शाखाहरुमा विपन्न तथा जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रमको आयोजना गर्ने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट