नेकपा एमालेका महाधिवेशन प्रतिनिधि दुर्गा प्रसाईंले आफूलाई बन्द सत्रबारे केही थाहा नभएको बताएका छन् ।
चितवनको सौराहामा जारी एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधिका रूपमा गएका प्रसाईंले बन्द सत्रका बारेमा थाहा नभएको बताएका हुन् ।
‘मलाई बन्द नि थाहा छैन, सत्र नि थाहा छैन,’ प्रसाईंले भने, ‘म यस्तोमा परेको थिइन । खाना खाने र यो कार्ड बोकेर हिंड्नेबाहेक यहाँ केही पनि भएको छैन ।’
उनले सहमति गर्ने भए महाधिवेशनको औचित्य नै नभएको बताए । ‘निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो, कसको के हैसियत रहेछ निर्वाचनले देखाउने हो,’ उनले भने , ‘सहमति गर्ने भए यत्रो महाधिवेशन गर्नु नै पर्ने थिएन ।’