दूरसंचार कम्पनी ‘हेलो नेपाल’को अनुमतिपत्र खारेज-Sutra News

दूरसंचार कम्पनी ‘हेलो नेपाल’को अनुमतिपत्र खारेज

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

दूरसंचार सेवा प्रदायक कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को संचालन अनुमतिपत्र खारेज भएको छ । नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले समयभित्र बक्यौता नतिरेको भन्दै हेलो नेपालको अनुमतिपत्र खारेज गरेको हो ।



सरकारले किस्ताबन्दीमा रकम भुक्तानी गर्ने सुविधा दिएपनि हेलो नेपालले बक्यौता रकम नतिर्दा अनुमति पत्र रद्ध गरिएको प्राधिकरणले जनाएको छ । नेपाल सरकारको मन्त्रिपरिषदले गरेको निर्णयअनुसार कुनैपनि दूरसंचार कम्पनीले किस्ता रकम नतिरेको खण्डमा अनुमति पत्र रद्ध गर्न सक्ने प्रावधान छ ।

सरकारको निर्णयको बुँदालाई टेकेर प्राधिकरणको बोर्ड बैठकले अनुमति पत्र खारेज गरिदिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

व्यवसायिक क्षेत्रमा नाम कहलिएका अजयराज सुमार्गीको स्वामित्वमा रहेको उक्त कम्पनीको यसअघि १७ साउन २०७६ मा पनि बक्यौता रकम नबुझाएको भन्दै प्राधिकरणले अनुमतिपत्र खारेज गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट