ओलीलाई विवेक पुर्याउन योगेश भट्टराईको सुझाव-Sutra News

ओलीलाई विवेक पुर्याउन योगेश भट्टराईको सुझाव

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई विवेक पुर्याउन आग्रह गरेका छन् ।



चितवनको सौराहामा आयोजित महाधिवेशन नेतृत्व छान्न सकस भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले ओलीलाई विवेक पुर्याउन आग्रह गरेका हुन् । ‘सबै साथीहरूको इच्छा आकांक्षा समेटेर विवेक पुर्याउने काम नेतृत्वको हो,’ भट्टराईले भने, ‘यदि नेतृत्व छान्ने जिम्मा प्रतिनिधिलाई दिएको भए उनीहरूको कुरा हुन्थ्यो ।’

उनले अहिले नेतृत्वले आफ्नो परीक्षा ठीक ढंगले दिनुपर्ने बताए । ‘एमालेलाई अब्बल साबित गर्ने कामलाई विवेकसम्मत ढंगले अगुवाई गर्नपर्छ,’ भट्टराईले भने ।

भट्टराईले अध्यक्ष ओलीले सबैलाई साथ लिएर हिंड्नुपर्ने बताए । ‘पार्टीमा संवाद गर्नुपर्छ, अध्यक्षले नेतृत्व गर्नुपर्छ र अरू सबै साथीहरूले पनि सहयोग गर्नुपर्छ,’ भट्टराईले भने, ‘अध्यक्षलाई पनि सुझाव दिइरहेका छौं । आफू अध्यक्ष भएर जो पनि चुनिएर आउनुस् भनेको भने हल्का हुन्थ्यो, तर त्यसको जिम्मेवार अध्यक्ष नै हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट