पूर्वमाओवादी नेताहरुसँग ओलीको छलफल-Sutra News

पूर्वमाओवादी नेताहरुसँग ओलीको छलफल

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

काठमाडौँ । एमालेमा रहेका पूर्वमाओवादी नेताहरुले महाधिवेशनमा नेतृत्व चयनका विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग छलफल गरेका छन् ।  सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीसंग उनीहरुले छलफलको प्रक्रिया अगाडी बढाएका हुन् ।



भेटमा पूर्व माओवादी नेताहरुले आफूहरु पनि सहमतिबाटै नेतृत्व चयन होस् भन्ने पक्षमा रहेको ओलीलाई बताएका छन् ।

माओवादीबाट एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरुले ३ पदाधिकारीसहित ३५ केन्द्रीय सदस्यको माग गरेको छ ।

चितवनमा जारी एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा नेताहरुले उक्त संख्यामा सदस्यहरु माग गरेका हुन् ।

जसमा रामबहादुर थापा ‘बादल’लाई वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, टोपबहादुर रायमाझीलाई उपमहासचिव र लेखराज भट्टलाई सचिव बनाउनुपर्ने उनीहरुको माग छ ।

त्यस्तैगरी प्रभु साह र मणी थापालाई पनि पदाधिकारीमा अटाउनु पर्ने माग गरेका छन् ।

उनीहरुले सो संख्यामा माग गरेपछि अध्यक्ष केपी शर्मा ओली झन तनावमा परेका छन् । पार्टीभित्रै पदाधिकारीहरु मिलाउन नसकेपछि आज पनि अहिलेसम्म बन्दसत्र सुरु हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट