कोरोना अपडेट- थप १५८ जना संक्रमित, २ जनाको मृत्यु-Sutra News

कोरोना अपडेट- थप १५८ जना संक्रमित, २ जनाको मृत्यु

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप १५८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज ८ हजार ९१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५४ तथा एन्टिजेन विधिबाट ४ जनाको सङ्क्रमण पुष्टि भएको हो ।



२४ घण्टामा थप ३४२ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख २ हजार ३८९ जना निको भइसकेका छन् ।

यस्तै, थप २ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५२३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट