केन्द्रीय कमिटी र पदाधिकारीको नाम लेख्दै मेट्दै ओली-Sutra News

केन्द्रीय कमिटी र पदाधिकारीको नाम लेख्दै मेट्दै ओली

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८
फाइल फोटो

नेतृत्व चयनमा विवाद देखिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली तनावमा देखिन्छन् । चितवनको सौराहामा जारी पार्टीको दशौँ महाधिवेशनमा नेतृत्वको सर्वसम्मत चयन हुन सकेको छैन ।



पद भन्दा बढी आकांक्षीहरूको दाबी परेपछि पदाधिकारी र केन्द्रीय कमिटी छान्न ओलीलाई सकस परेको छ ।

सौराहास्थित एक होटेलमा ओली आफूनिकट नेताहरूसँग बस्दै केन्द्रीय कमिटी र पदाधिकारीको सूची हेरफेर गर्न व्यस्त छन् ।

‘नाम लेख्दै मेट्दै गर्नुपरेको छ,’ ओलीनिकट एक नेताले भने, ‘सहमतिका लागि प्रयासहरू पनि जारी छन् ।’

२ हजार बढी प्रतिनिधि सम्मिलित एमालेको दशौँ महाधिवेशनमा नेता छान्ने जिम्मा ओलीको भागमा परेको छ ।

अध्यक्षमा ओलीलाई भीम रावलले चुनौती दिएका छन् भने उपाध्यक्षमा घनश्याम भुसालको दाबी रहेको छ ।

दुवै नेतालाई ओलीले पदाधिकारीमा पार्न चाहेका छैनन् । त्यस्तै महासचिवमा पनि विष्णु पौडेल र शंकर पोखरेलबीच कसले बाजी मार्ने भन्ने टसल रहेको छ ।

वरिष्ठ उपाध्यक्षमा ओलीले ईश्वर पोखरेललाई ल्याउने चाहना राखेको भएपनि सुवासचन्द्र नेम्वाङले आफ्नो अडान छाडेका छैनन् ।

निर्वाचन गर्न ओली चाँहदैनन् भने आफ्नो अडान छोड्न आकांक्षीहरू मानिरहेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट