विष्णु पौडेललाई महासचिव र शंकर पोखरेललाई उपाध्यक्ष दिने ओलीको तयारी-Sutra News

विष्णु पौडेललाई महासचिव र शंकर पोखरेललाई उपाध्यक्ष दिने ओलीको तयारी

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्व चयनका लागि अन्तिम छलफलमा लागेका छन् । उनले आफू निकट नेताहरू प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु पौडेललगायतसँग छलफल गरेका हुन् ।



छलफलका क्रममा नेतृत्वको सूची टुंग्याएर बन्द सत्रमा पेस गर्ने तयारी भएको छ । छलफल सकिएसँगै केही बेरमा अध्यक्ष ओली पार्क सफारीबाट बन्दसत्र हल रहेको सेभेन स्टार होटेलमा जाँदैछन् । महासचिव पोखरेल र दलका उपनेता सुवास नेम्वाङ भने बन्दसत्र स्थल पुगिसकेका छन् ।

प्रस्तावित सूचीमा ईश्वर पोखरेल वरिष्ठ उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष नै दाबी गर्दै आएका नेम्वाङलाई उपाध्यक्ष, महासचिवमा विष्णु पौडेल र महासचिव दाबी गरेका शंकर पोखरेललाई उपाध्यक्ष, उपमहासचिवमा प्रदीप ज्ञवालीको टुंगो लागिसकेको छ ।

नेताहरूका अनुसार केन्द्रीय कमिटीमा हाल रहेका एक सय ९६ जनालाई दोहोर्‍याउने र एक सय पाँच जना नयाँ ल्याउने गरी गृृहकार्य चलिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट