ओलीको ‘डनवाद’लाई जसरी पनि तह लगाउने हो-Sutra News

ओलीको ‘डनवाद’लाई जसरी पनि तह लगाउने हो

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले एमालेमा जनवाद सकिएको टिप्पणी गरेका छन् ।   चितवनमा जारी एमाले महाधिवेशनको बन्द सत्रलाई ‘ओली सेसन’को संज्ञा दिँदै उनले एमालेमा अब ओलीको डनवाद मात्र बाँकी भएको टिप्पणीसमेत गरेका छन् ।



‘चितवनबाट फर्किँदै गरेको एमालेले पार्टीभित्रको जनवादलाई सकाएको मात्रै होइन, एमालेमा अब ओलीको डनवाद सुरु भएको छ । नारायणीको किनारमा कोही पनि मानिस स्वतन्त्र छैन,  ‘बा’को पाउमा तेल लगाउने प्रतिस्पर्धा चलिरहेको छ । तर, त्याे प्रतिस्पर्धामा भाग नलिएका  भीम रावलले भने झण्डै पिटाइ खाएर प्रहरीले सुरक्षा दिइरहेको अवस्था छ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट