जब ओलीको अनुहार नै नहेरी रावल बन्दसत्र हलमा छिरे…-Sutra News

जब ओलीको अनुहार नै नहेरी रावल बन्दसत्र हलमा छिरे…

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई नभेटी बन्दसत्र हलमा छिरेका छन् ।



अध्यक्षमा उम्मेदवारी दिएर ३२ पेजको बुक लेट समेत बनाएर चुनाव प्रचार गरेका रावलले ओलीलाई नभेटीकन हलमा छिरेका थिए ।

एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइसकेका छन् । बताइए अनुसार वर्तमान केन्द्रीय सदस्यहरुलाई निरन्तरता दिइएको छ भने अरु नाम क्लस्टर मिलाएर थपिएको छ ।

सौराहमा जारी एमालेको दशौं महाधिवेशनको बन्दसत्रले शुक्रबार भीम रावल र घनश्याम भुसाल लगायतका नेताहरुको विरोधका बीच कमिटीको नामावली प्रस्ताव गर्ने सर्वाधिकार अध्यक्ष ओलीलाई दिएको थियो ।

ओलीलाई दिएको उक्त अधिकारप्रति अध्यक्ष पदका उम्मेदवार भीम रावलले असन्तुष्टि जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट