ओलीलाई भेटेर फर्किएका बाँस्कोटाले भने- ‘एमाले बन्द सत्र साँझ ७ बजेदेखि’-Sutra News

ओलीलाई भेटेर फर्किएका बाँस्कोटाले भने- ‘एमाले बन्द सत्र साँझ ७ बजेदेखि’

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले महाधिवेशनको बन्द सत्र साँझ ७ बजे सुरु हुने बताएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई होटेल पार्क सफारीमा भेटेर फर्किने क्रममा उनले यस्तो बताएका हुन् ।



बाँस्कोटाले ७ बजे बन्द सत्र सुरु भएर केही बेरमै सकिने पनि बताएका छन् ।

अध्यक्ष ओलीले बोलाएपछि नेता बाँस्कोटा र सचेतक विशाल भट्टराई होटेलमा आएका थिए । उनीहरू अध्यक्ष ओलीलाई भेटेर बन्द सत्र स्थल फर्किएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट