प्रदीप ज्ञवालीले भने- कुरा मिल्यो भन्ने अवस्थामा छौं, तर…-Sutra News

प्रदीप ज्ञवालीले भने- कुरा मिल्यो भन्ने अवस्थामा छौं, तर…

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले दिनभरको आफूहरूको छलफल कुरा मिल्यो भन्ने अवस्था उन्मुख रहेको बताएका छन्।



कमिटीको सर्वसम्मत सूचिका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निस्कने क्रममा ज्ञवालीले छलफल सकरात्मक रहेको बताएका छन् ।

सञ्चारकर्मीले राखेको जिज्ञासामा ज्ञवालीले भने, ‘हामी कुरा मिल्यो भन्ने अवस्थामा छौं। अहिले यत्ति भनौं।’

नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र अझै सुरु हुनसकेको छैन। यसअघि माइकिङ गरेर बेलुकी ७ बजे सुरु हुने भनिएको बन्दसत्र अब ८ बजे सुरु हुने भनिएको थियो। तर, साढे ८ बजिसक्दा पनि बन्दसत्र सुरु हुनसकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट