एमालेको बन्दसत्रमा नयाँ दृश्य- भित्र ओलीलाई ताली, बाहिर रावललाई गाली-Sutra News

एमालेको बन्दसत्रमा नयाँ दृश्य- भित्र ओलीलाई ताली, बाहिर रावललाई गाली

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

नेकपा एमालेको १०औं महाधिवेसनको दोस्रो दिन ११ घन्टा ढिला गरि सुरू भएको छ ।



पहिलो दिनको बन्द सत्रले अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीसहित ३ सय १ सदस्सीय केन्द्रीय कमिटी सदस्यको नाम प्रस्ताव गर्ने अधिकार दिएको थियो ।

बन्दसत्र हलवाट प्राधिकम पाएका अध्यक्ष ओलीले केही बेरमा १९ पदाधिकारीसहित ३ सय १ सदस्यको नाम घोषणा गर्नेछन् । उक्त प्रस्तावलाई अनुमोदन गर्ने कि नगर्ने महाधिवेसन प्रतिनिधिले निर्णय लिने छन् ।

३ सय १ सदस्सीय नाम लिएर ११ घन्टा पछि बन्दसत्र हलमा प्रवेश गरेका ओलीलाई कार्यकर्ताहरूले नाराबाजी गर्दै समर्थन जनाएका छन् । उनीहरुले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलविरुद्ध पनि नारा लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट