ओली रावल बल्ल एकै कोठामा-Sutra News

ओली रावल बल्ल एकै कोठामा

आइतबार, १२ मंसिर २०७८

आइतबार, १२ मंसिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ सय १ प्रस्तावित केन्द्रीय कमिटी सदस्यको नाम अध्यक्ष मण्डलमा छलफल जारी छ ।



सौरहा, चितवनमा तीन दिन देखि जारी १० औं महाधिवेसनको तेस्रो दिन ११ घन्टा ढिलो गरि सुरू हुन लागेको बन्द सत्र अगाडि अध्यक्ष मण्डलको बैठक जारी राखिएको हो ।

महाधिवेशनको अध्यक्षमण्डलमा अध्यक्ष ओली, उपाध्यक्षहरू भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सदस्य रहेका छन् । त्यस्तै महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ पनि रहेका छन् ।

त्यसैगरी स्थायी कमिटी सदस्यहरू टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा र लालबाबु पण्डित पनि अध्यक्षमण्डलमा छन् । अध्यक्षमण्डलको बैठकपछि बन्दसत्र सुरु हुने बताइएको छ । बैठकले पदाधिकारी र केन्द्रिय सदस्यको नाममा सहमति गर्ने र आजै घोषणा गर्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

आफू अध्यक्षको उम्मेदवारी दिनबाट पछि नहट्ने अडान राख्दै आएका नेता रावलले सर्वसम्मत गर्ने अडान ओलीले नछाडे महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट