एमाले महाधिवेशनः निर्वाचन कार्यतालिका सार्वजनिक, भोलि मतदान हुने-Sutra News

एमाले महाधिवेशनः निर्वाचन कार्यतालिका सार्वजनिक, भोलि मतदान हुने

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नयाँ केन्द्रीय कमिटीमा असहमति भएका पदमा चुनाव हुने भएकाे छ । मुख्यत: भीम रावलले अध्यक्ष र घनश्याम भुसालले आन्तरिक प्रतिस्पर्धा गर्ने अडान राखेपछि  निर्वाचन हुने भएकाे हाे ।



केन्द्रीय निर्वाचन आयोगले एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचनको कार्यक्रमको सूचना प्रकाशित गरेको छ । प्रकाशित कार्यतालिका अनुसार राति ११ः३० देखि १२ः३० बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय दिइएको छ।

राति १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको छ । उम्मेदवारको नाम फिर्ताका लागि राति ०१ः३० देखि २ बजेसम्मको समय तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति 0२ः१० मा ताेकिएकाे छ । असहमति भएका पदमा मतदान भने सोमबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट