उपाध्यक्षमा उम्मेदवारी दिँदै भुसालले भने अध्यक्षलाई नेतृत्व छान्न दिनु गलत भयो -Sutra News

उपाध्यक्षमा उम्मेदवारी दिँदै भुसालले भने अध्यक्षलाई नेतृत्व छान्न दिनु गलत भयो 

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८
फाइल फोटो

नेकपा एमालेमा उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । चितवनस्थित सौराहामा जारी दशौँ महाधिवेशनमा भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।



उम्मेदवारी दिएपछि भुसालले सञ्चारकर्मीसँग भने, ‘अध्यक्षलाई नेतृत्व चयन गर्न दिनु गल्ती थियो । अध्यक्षले पढेको त्यो लिस्ट अन्तिम हो । नेपालका कुनै पनि कम्युनिस्ट पार्टीका अध्यक्षले त्यसरी लिस्ट पढ्ने छैनन् ।’

उनले एमालेको सिद्धान्त तय गर्न आफूले नेतृत्व गरेको बताए । ‘मैले बैठकमा पनि भनेको छु, अध्यक्षलाई पनि भनेको छु, सिद्धान्त निर्माणको नेतृत्व मैले गरेको हुँ ।’

आइतवार राति अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको पार्टी पदाधिकारीको सूचीमा भुसाल अटाएका थिएनन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट