सर्वसम्मत नहुने भएपछि ओलीले गरे अध्यक्षमा उम्मेदवारी दर्ता-Sutra News

सर्वसम्मत नहुने भएपछि ओलीले गरे अध्यक्षमा उम्मेदवारी दर्ता

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

नेकपा एमालेका अध्यक्ष केपी ओलीको १०औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने धोको अपुरै रह्यो । पार्टी उपाध्यक्ष भीम रावलाई मनाउन नसक्दा ओलीले सर्वसम्मत रुपमा आफुलाई पुनः अध्यक्ष बनाउन सकेनन् ।



ओलीले फेरी अध्यक्ष बन्न महाधिवेशनको निर्वाचन प्रक्रियामा जानै पर्ने भएपछि आज बिहान उम्मेदवारी दर्ता गरेका छन् ।

ओलीले आइतबार राति सर्वसम्मत नेतृत्व चयनका लागि बन्दसत्रमा आफुलाइृ अध्यक्ष राखेर अन्य पदाधिकारी र सदस्यहरुको नामावली प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावलाई भीम रावलले ठाडै अस्विकार गरेपछि अध्यक्ष पदमा निर्वाचन गर्नु परेको हो ।

ओलीको उम्मेदवारी दर्तामा विष्णु पौडेल प्रस्तावक र शंकर पोखरेल समर्थक रहेका छन् । ओलीले पौडेललाई उपाध्यक्ष र पोखरेललाई महासचिव बनाउने प्रस्ताव गरेका छन् ।

यसअघि पार्टी उपाध्यक्ष रहेका रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट