नेम्वाङ र पौडेल पछि हटेपछि दुई पोखरेल निर्विरोध-Sutra News

नेम्वाङ र पौडेल पछि हटेपछि दुई पोखरेल निर्विरोध

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

नेकपा एमालेको १० औं महधिवेशनमा वरिष्ठ उपाध्यक्ष र महासचिवको पदमा दावी गरिरहेका सुवास नेम्वाङ र बिष्णु पौडेल अन्ततः आफ्नो निर्णयबाट पछि हटेका छन् ।



कुनैपनि हालतमा बरिष्ठ उपाध्यक्षमा नछोड्ने बताइरहेका नेम्वाङले पार्टी अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयनको अभ्यास भन्दै उपाध्यक्ष मात्रै बनाएका छन् ।

त्यसैगरी पार्टी महासचिवमा अडान लिइरहेका पौडेललाई पनि ओलीले उपाध्यक्षमा प्रस्ताव गरेका छन् ।

ओलीले नेम्वाङ र पौडेललाई उपाध्यक्षमा नै राख्न सफल भएपछि दुई पोखरेल बन्धु निर्विरोध भएका छन् । यससँगै १०औँ महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल निर्विरोध भएका हुन् ।

मा शंकर पोखरेलको मात्रै उम्मेदवारी परेको छ । यससँगै उनी १०औँ महाधिवेशनबाट एमालेको महासचिवमा निर्विरोध निर्वाचित भएका छन् । तर औपचारिक घोषणा भने हुन बाँकी रहेको छ ।

एमालेको अध्यक्षमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिएका छन् । ओलीले घोषणा गरेका पदाधिकारीहरुको सूचीमा नभएका घनश्याम भुसालले उपाध्यक्षमा र भीम आचार्य र टंक कार्कीले सचिवमा उम्मेदवारी दिएका छन् ।

सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार मध्याह्न १२ः०५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ । जसअनुसार १२ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिइएको छ ।

मतदान भने आज राति ९ बजेदेखि मंसिर १४ गते बिहान ३ बजेसम्मलाई निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट