वर्षमान पुनको स्वास्थ्यमा सुधार, केही दिनमा नेपाल फर्कन सक्ने-Sutra News

वर्षमान पुनको स्वास्थ्यमा सुधार, केही दिनमा नेपाल फर्कन सक्ने

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

काठमाडौँ । पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ ।  शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेनमा लगेपछि उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको हो ।



पुनको उपचारमा ३ दर्जनभन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् ।

पुनको पूर्वस्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाईंका अनुसार उनी केही दिनमा नै नेपाल फर्किने छन् ।

उनले हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भिडियो कलमार्फत आफ्नो स्वास्थ्य अवस्थाको जानकारी गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट