स्वास्थ्यमन्त्री खतिवडाको निर्देशनपश्चात गंगालाल अस्पतालले पीसीआर परिक्षण शुल्क घटायो-Sutra News

स्वास्थ्यमन्त्री खतिवडाको निर्देशनपश्चात गंगालाल अस्पतालले पीसीआर परिक्षण शुल्क घटायो

सोमबार, १३ मंसिर २०७८

सोमबार, १३ मंसिर २०७८

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निर्देशन पछि शहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारीले पीसीआर परिक्षण शुल्क घटाएको छ । यसअघि पिसीआर परिक्षण शुल्क १७ सय रुपैयाँ लिंदै आएको अस्पतालले शुल्क घटाएर अन्य सरकारी अस्पताल सरह १ हजार रुपैंयाँ कायम गरेको हो ।



सरकारी र नीजि स्वास्थ्य संस्थामा पीसीआर परीक्षण बापत लिइएको शुल्कमा एकरुपमा कायम गर्न र गंगालालमा पनि अन्य सरकारी अस्पताल सरह शुल्क निर्धारण गर्न मन्त्री खतिवडाले निर्देशन दिएका थिए ।

गंगालाल अस्पतालले पीसीआर परिक्षण शुल्क महँगो लिएको भन्दै सर्वत्र जनगुनासो बढेपछि मन्त्री खतिवडाले अन्य सरकारी अस्पताल झै एकरुपता र सुलभ मुल्य कायम राख्न निर्देशन दिएको प्रेस संयोजक शन्तराम विडारीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य मन्त्रीको निर्देशन र अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीको तत्परतापछि आवश्यक प्रक्रिया पुरा गरेर सोमबारबाटै लागु हुनेगरी परिक्षण शुल्क तोकिएको छ ।

मुटुको शल्यक्रिया गर्ने विरामीहरुको पिसीआर गर्दा शुल्क एक हजार मात्र लिन मिल्न गरी विलीङ र सफ्टवेयर प्रणाली सोमबारबाटै कार्यान्वयनमा आएको र यसले सर्वसाधारणलाई राहत पुगेको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ । सरकारी अस्पतालहरुमा इमरजेन्सी सेवा निशुल्क, सर्वसाधरणको सहज पहुँच र सेवा सुविधा पारदर्शी गर्ने सम्वन्धमा पनि छिट्टै निर्णय हुने बताइएको छ ।

अहिले केन्द्रीय प्रयोगशाला टेकु, वीर, सिभिल लगायतका सरकारी अस्पतालहरुमा परिक्षण शुल्क रु. १ हजार कायम गरिएको छ भने विदेश जानेहरुका लागि त्रिभुवन विमानस्थल परिसरमा निजि संस्थाले १ हजार दुईसय रुपैंयाँ लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट